शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दूरवार्ता गर्दा “कुनै प्रगति गर्न नसकेको” बताएका छन्।

समझौताका लागि कुनै कदम चालियो कि भनी पत्रकारहरूले जिज्ञासा राख्दा ट्रम्पले भने, “होइन, मैले उहाँसँग आज कुनै प्रगति गर्न सकिनँ।”

ट्रम्पले भने, “हामीले दूरवाणी (फोन)मा कुरा गर्यौं। यो निकै लामो कुराकानी थियो। हामीले इरानलगायत धेरै कुरा गर्यौं, र तपाईलाई थाहा छ, युक्रेनसँगको युद्धबारे पनि कुरा गर्यौ। र म यसबाट खुसी छैनँ, म खुसी छैनँ।”

एनबिसीन्यूजका अनुसार पुटिनका सहयोगी युरी उशाकोभले कुराकानीको जानकारी दिँदै दुई नेताबीच “खुला र महत्वपूर्ण” कुराकानी भएको र ट्रम्पले तत्काल युद्धविरामको सम्भावना उठाएको तर पुटिनले सहमति नजनाएको बताए। उशाकोभले भने पुटिनले रुसले द्वन्द्वमा “आफ्नो घोषित उद्देश्यहरू पूरा गर्नेछ” र वार्ता मार्फत द्वन्द्वको राजनीतिक समाधान खोजिरहने छ।

हाललाई रुस–युक्रेन युद्धमा शान्तिको सम्भावना निकै जटिल बन्दै गएको देखिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x