किन जान मान्दैनन् काठमाडाै महानगरमा कार्यकारी अधिकृत ?

काठमाडौं, – महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेन कारण अनेक छन । यसअघि लगातार तीन कार्यकारी अधिकृत अपमानजनक तरिकाबाट बाहिरिएपछि पनि दुई महिनासम्म खाली छ । सबैभन्दा पहिले कार्यकारी अधिकृत लोकनाथ पौडेल थिए । त्यसपछि गएका बसन्त अधिकारी, त्यसपछि प्रदिप परियार र सरोज गुरागाईलाई विभिन्न नाममा आरोप लगाएर निकालेका कारण अरु कर्मचारी काम गर्न भन्दा अपमान सहन किन जानु भन्दै तर्किरहेका छन । जो जो बालेनको कार्यकारी भएर काम गर्न गए उनिहरु सबै काविल सरकारी कर्मचारी हुन । सहसचिव बसन्त अधिकारी, प्रदिप परियार आफै केहि राम्रा काम गर्न सकिन्छ की भन्दै रोजेरै गएका हुन तर जव मेयर बालेनको काम गर्ने शैली देखे उनिहरु हार मानेका थिए । यी दुई सहसचिव कार्यकारी अधिकृत जान नमान्नुको कारण बालेन शाह आकस्मिक निर्णय गर्ने, आफ्नो अबैतनिक सल्लाहकारहरु निर्णय प्रक्रियामा हावी हुने, राम्रा कामहरु आफुले गरेको भन्ने र गल्ती र कमीकमजोरी कर्मचारीलाई दोष दिन कारण नै आजकाल कार्यकारी अधिकृत जान नमानेका हुन ।
१२ फागुनमा बसेको मन्त्रिपरिषद्ले सरुवा गरेको सहसचिवको सूची बिहीबार सार्वजनिक हुँदा पनि मेयर बालेनले कार्यकारी अधिकृत पाएनन । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटनपटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि पनि विभागीय मन्त्री राजकुमार गुप्ताले एकहप्ताभित्र काठमाडौंमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।
काठमाडौं भ्युटावर नक्सा पासमा अनियमितता देखिएको भन्दै गुरागाईंलाई छानबिनका लागि बिदा दिएर महानगरका वरिष्ठ अधिकारी गोविन्दप्रसाद शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर, उनले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुग्यो । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह आइसकेयता ४ जना प्रमुख प्रशासकीय अधिकृतले काम गरिसकेका छन् । मेयर शाहको यो साढे २ वर्षको कार्यकालमा सुरुमा लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृत थिए ।
सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार १२ फागुनको मन्त्रिपरिषद्मा काठमाडौंको नयाँ प्रमुख प्रशासकीय अधिकृतको नाम पनि लगिएको थियो । त्यसमा सैद्धान्तिक सहमति पनि जुटिसकेको थियो । तर सहसचिवहरू त्यहाँ जान रुचि देखाएनन् । यो तथ्य मन्त्री गुप्ता स्वयं स्वीकार्छन् । ‘काठमाडौंमा कोही पनि कर्मचारी जानै तयार छैनन् । त्यहाँ मेयर सा’बसँग जुन परिस्थिति बनिरहेको छ । त्यसले जान नखोजेको देखिन्छ’, मन्त्री गुप्ताले बताएका छन । समाचार श्रोतका अनुसार मेयर बालेनका आधा दर्जन भन्दा बढी सल्लाहाकार छन र सबै जसो निर्णय प्रक्रियामा उनै सल्लाहकारको आधारमा निर्णय हुँदै आएको आरोप लाग्ने गरेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE