बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

हिरा रणपालकाे नयाँ गीत “सम्झेर रुँदैछु” आउँदै

काठमाडाैं – ब्यवसायिकता संगसंगैं पछिल्लो समय स्वर, संगीत एवं अभिनयमा समेत सक्रिय रहेका चर्चित गायक हिरा रणपालको नंयाँ गित तयार भएको छ ।

पछिल्लो समय पाश्चात्य एवं आधुनिक गीत सङ्गीतकोे प्रभावसँगै नेपाली मौलिकता झल्काउने परम्परागत लोकभाका हराउँदै गएका छन् । लोकभाकाहरु समाजबाट हराउँदै जाँदा चिन्ता बढ्न थालेकाे छ ।

गाउँघर, मेलापात, गोठाला, वनपाखा, खेतीपाती, विहे, हाटबजार, जात्रामा गाइने लोकभाकालाई टपक्कै टिपेर गीत बनाउन सिपालु रणपाल अनावश्यक चर्चा मन नपराउने, सस्तो चर्चाबाट टाढा बस्ने र आफू कहिल्यै चर्चामा पुगेको स्वीकार्दैनन् । हिरा अझैपनि आफू सडकमै रहेको बताउँछन् । गीतको मुल मर्मलाई मनन् गर्दै लोकभाकाको गीत संगीत निर्माण गर्न रुचाउने हिरा भन्छन– सिर्जना मौलिक र सम्प्रेषणीय हुनुपर्छ । नेपालभित्रका विविध भाषामा सिर्जना भएका गीतहरु चाहिँ खासमा नेपाली गीत संगीत हुन्, ती लोक गीत हुन् । किनकि शब्द, लय, बाजागाजा र गायकी नै मौलिक हुन्छ ।

नेपाली लोकजीवनका विभिन्न अवसरमा त्यस्तै घाँस दाउरा मेला पात र उकालीओरालीमा यस्ता लोकलयहरु गाउने प्रचलन छ । यी यस्ता लोकलयमा वीरह र विलौना मात्रै पोखिँदैनन् सामाजिक रुपान्तरणका सन्देश, संस्कृति र सभ्यताका गाथाहरु पनि लुकेको हुने गरेको बिषय बस्तुलाई समेट्दै “सम्झेर रुँदैछु” को निर्माण भएको छ ।

निकै मार्मिक अवस्थालाई निर्देशक धनबहादुर लामा “सागर”ले भिडियोमा उतारेका छन् ।
बिष्णु भण्डारीको शब्दहरुमा हिरा रनपाल र देवी घर्तिको आवाज रहेको छ भने संगीत गायक स्वयं रणपालको रहेको छ ।
मालश्री स्टुडियोमा रेकर्ड भएको उक्त गितको मिक्सिङ्ग खड्क बाजुराली, श्रृङ्गार जीवन पासा, छायाङ्कन अमित बि.क. तथा  राजेशकुमारको सम्पादन रहेको छ ।
हिरा रनपाल, सितल के.सी., यसु भट्टराई, यामबहादुर जिंसी.को अभिनय रहेको उक्त गीत भिडीयाे बैंकले निर्माण गरेकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x