बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

क्रिकेट प्रतियोगितामा नेपालकाे लगातार तेस्रो जित,

काठमाडौं – नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।

आइतबार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो।

नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसियाले  २४.३ ओभरमा मात्र ५० रन जोड्न सक्यो। इन्डोनेसियालाई सस्तैमा अलआउट गर्न नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभर बलिङ गर्दै मात्र १२ रन दिएर ६ विकेट लिनुभयो। उहाँको बलिङमा दुई मेडन समावेश थियो। नेपालका लागि शुभम् खनाल र सुगम बुढाथोकीले थप एकएक विकेट हात पार्नुभयो।

यसअघि सुरुमा ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ४२० रन बनाएको हो। नेपालका लागि प्रसिद्ध जैसीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव, जय थापाले सानदार अर्धशतक बनाउनुभयो। प्रसिद्धले ११४ बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १३२ रन बनाउनुभयो।

त्यसैगरी परिमार्जन यादवले मात्र २८ बलमा ७१ रन जोड्नुभयो। उहाँको शानदार अर्धशतकमा चार चौका र आठ छक्का समावेश थियो। रौनक श्रीवास्तवले ७१ बलको सामना गर्दा आठ चौका र दुई छक्काको मद्दतमा ८८ रन जोड्नुभयो भने जय थापाले ४१ बलमा सात चौकाको मद्दतमा ५७ रन बनाउनुभयो। सुगम बुढाथोकीले अविजित ३९ रन जोड्दा रोशन शाहीले नटआउट १० रन थप्नुभयो।

यसअघि पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले जापानमाथि ९ विकेटको जित निकालेको थियो। यो जितसँगै समूह ‘ए’को नेपाल तीन खेलमा तीन जितसहित ६ अंकका साथ शीर्ष स्थानमा पुगेको छ। नेपालले समूह चरणको अन्तिम अर्थात् चौथो खेल असार १७ गते भुटानसँग खेल्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x