बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं –  समसामयिक राजनीतिक विषयमा छलफल गर्न केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो सिंहदरबारमा बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव उदय पोखरेलका अनुसार बैठकमा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको निरन्तर अवरोध, संसद् सञ्चालनको अवस्था, दलहरूबीच सहकार्य तथा संवाद, साथै समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ ।

हालै प्रतिनिधिसभाको बैठकहरू रास्वपाले ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरुद्ध गर्दै आएको छ। संसद् सञ्चालनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्रीले तीन प्रमुख दलबीच संवाद आवश्यक ठानेका हुन्।

बैठकबाट संसद् पुनः सुचारु गर्ने पहलका साथै दलहरूबीच आपसी समन्वय, विश्वास र संवादलाई मजबुत बनाउने प्रयास हुने राजनीतिक स्रोतले जनाएको छ ।

यसअघि पनि संवैधानिक निकायमा नियुक्ति, विधेयकहरू पारित गर्ने प्रक्रिया र राष्ट्रिय राजनीति सन्तुलनमा यस्ता शीर्ष नेताहरूबीचको छलफल निर्णायक बन्दै आएको छ । आजको बैठकबाट कुनै सहमति निस्किएमा संसद् अवरुद्ध रहने वर्तमान स्थिति समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x