बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संसदवाटै छानबिनको संयन्त्र बनाउने प्रतिबद्धता भएकाले गतिराेध अन्त्य गरियाे-प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्र सम्बन्धित नरहेको स्पष्ट पार्दै  संसदमै एक महिनामा छानबिनको संयन्त्र बनाउने प्रतिबद्धता गरेको उल्लेख गर्दै छानबिन नभए फेरी लड्ने बताए ।

पार्टीका नेता जनार्दन शर्मालाई पार्टी छाड्न भनेको आफूले नभएको स्पष्ट पारेका छन्। शनिवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले शर्माप्रति कुनै व्यक्तिगत आक्रोश नरहेको दाबी गरे।

यद्यपि सार्वजनिक रूपमा प्रचण्डले ती दाबीहरूलाई खारेज गर्दै आफूले कसैलाई पार्टी छाड्न नबताएको जिकिर गरे। यस्तै, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको प्रतिपक्षसँग सत्ता साझेदारीका दलहरूमध्ये माओवादी केन्द्रले गरेको दुई बुँदे सहमति विषयमा पनि प्रचण्डले टिप्पणी गरे।

उनले सो सहमतिलाई पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग जोड्नु गलत भएको बताए। “यो बिलकुलै गलत र आधारहीन प्रचार हो। अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन,” उनले भने। पार्टीभित्र देखिएको असन्तुष्टिका सम्बन्धमा पनि बोल्दै प्रचण्डले निर्णयप्रति बुझाइको अभावका कारण असन्तुष्टि देखिएको बताए। “नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन्। निर्णय सही छ भन्ने महसुस गर्छन्,” प्रचण्डको भनाइ थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x