अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँचौपटक संसद्मा बजेट पेश गर्दै

काठमाडौं – अर्थमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँचौपटक संसद्मा बजेट पेश गर्दैछन् ।
उनले आज (बिहीबार) दिउँसो संघीय संसद्को प्रतिनिधिसभामा बजेट पेश गर्न लागेको छन् ।
पौडेल यसअघि २०७२ साल असोजमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री बनेका थिए ।
डा.युवराज खतिवडाको दुई वर्षको कार्यकाल सकिएपछि २०७७ असोजमा पौडेल दोस्रोपटक अर्थमन्त्री बनेका थिए ।
त्यस्तै २०७९ को निर्वाचन पश्चात् प्रचण्ड नेतृत्वको सरकारमा पनि पौडेल तेस्रोपटक अर्थमन्त्री बनेका थिए ।
त्यसपछि २०८१ असारमा एमाले–माओवादी नेतृत्वको गठबन्धन विघटन भएर कांग्रेस–एमाले नेतृत्वको सरकार बनेपछि उनी पुनः चौथोपटक अर्थमन्त्री नियुक्त भएका थिए ।
उनले आज चौथोपटक अर्थमन्त्रीको हैसियतमा संसद्मा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संसद्मा पेश गर्दैछन्
WRITE COMMENTS FOR THIS ARTICLE