बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

द्वन्द्व कालमा हामीबाट गल्ती भएको हो-प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख पुगेर द्वन्द्व कालमा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको घरमा पुगेका छन् । ‘मध्यपहाडी राजमार्ग अभियान’ अन्तर्गत दैलेख पुगेका दाहालले सोमबार सदरमुकाममा आयोजित आमसभापछि थापाको परिवारसँग भेट गरेका हुन्।

सोमबार बिहान काँडाचौरदेखि गढीसम्म मर्निङ वाक गरेका दाहालले स्वर्गीय थापाको सालिकमा माल्यार्पण गरेपछि द्वारीस्थित घरमा पुगेर परिवारजनसँग कुराकानी गरेका थिए। उनले भेटका क्रममा माओवादीबाट भएका गल्तीप्रति आत्मालोचना गर्दै भने, “हामीबाट गल्ती भएको हो, त्यसका लागि आत्मालोचना पनि गरेका छौं। हामीले गल्ती स्वीकार्दै आएको छौं।”

पत्रकार थापाको २०६१ साल साउन २७ गते नौमुले गाउँपालिका-३ मा माओवादी कार्यकर्ताहरूले अपहरणपछिको यातनाबाट हत्या गरेका थिए। माओवादी पक्षले उक्त घटनालाई द्धन्द्धकालको ‘राजनीतिक घटना’ भन्दै कानुनी जिम्मेवारीबाट पन्छिँदै आएको थियो।

दाहालको यो कदमलाई केहीले सकारात्मक परिवर्तनको संकेत भनेका छन् भने केहीले ढिलो आएको ‘प्रायश्चित’ को संज्ञा दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x