बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राष्ट्रिय मानव अधिकार आयोगले केही दिनमै तीनकुने घटनाकाे रिपोर्ट सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ ।

तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको आइतबार ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन् ।

उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिइन् । उनले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने बताइन् ।

सो क्रममा पत्रकार रजककी श्रीमती सुजनले उक्त घटना योजनावद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानविनका लागि आयोग समक्ष आग्रह गरिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x