शनिबार, अशोज ३, २०८३
Saturday, September 19, 2026

कांग्रेस संस्थापन पक्षको वडा अधिवेशन सुरु

काठमाडौं – नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन रहेको जानकारी दिएको छ ।

महाधिवेशनअन्तर्गत ७ असोजमा गाउँ–नगरपालिका अधिवेशन, १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको कार्यतालिका रहेको छ ।

शनिबार ३३ जिल्लामा वडा अधिवेशन सुरु भएको छ । तोकिएका ३३ जिल्लामा आजै अधिवेशन प्रक्रिया अघि बढाएको छ । बाँकी जिल्लामा स्थानीय अनुकूलता हेरेर अधिवेशन गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।

मधेसका जिल्लाहरूमा असोज ४ गते वडा अधिवेशन गरिनेछ । पाँचथर, झापा, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मोरङमा आज वडा अधिवेशन हुँदैछ ।

काठमाडौं उपत्यका तथा आसपासका दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकमा पनि आजै वडा अधिवेशन हुनेछ । गण्डकी प्रदेशका सबै जिल्लाहरूमा आज वडा अधिवेशन हुने जानकारी दिइएको छ ।

लुम्बिनी प्रदेशका गुल्मी र नवलपरासी, बाँकेमा भने आज र भोलि दुई दिन गरेर वडा अधिवेशन हुनेछ । कर्णालीका रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख र सुर्खेत, सुदूरपश्चिम प्रदेशका अछाम, दार्चुला, बैतडी र कैलालीमा पनि आजै वडा अधिवेशन हुँदै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES