सी स्ट्राइक्स महिला क्रिकेट” प्रतियोगिताको उपाधि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट”
प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले
पराजित गरेको हो ।
मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट
गुमाएर ६० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच
ओभर खेलेर एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो ।
सानिमा रिलायन्सलाई लगातार दोस्रो पटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका
कार्कीको योगदान निकै नै महत्त्वपूर्ण रह्यो । सूर्य नेपाल विरुद्धको फाइनल खेलमा प्लेयर अफ दि म्याच
घोषित कार्कीले प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन् ।
शनशनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीन पटक प्लेयर अफ दि म्याच अवार्ड प्राप्त गरिन्
। यस्तै सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन्
।
एन इभेन्टस्को आयोजना रहेको प्रतियोगिता वैशाख १२ देखि १३ गतेसम्म चलेको थियो । प्रतियोगितामा
कुल ९ टिम सहभागी थिए भने प्रति पारी पाँच ओभर खेलाइएको थियो ।


WRITE COMMENTS FOR THIS ARTICLE