सबैभन्दा धेरै आयकर तिर्ने करदाताकारुपमा एनसेल सम्मानित

काठमाण्डाैं : नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताकारुपमा एनसेललाई सम्मान गरेको छ। काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो।
देशमा आईसीटीको विकास र प्रवर्ध्दनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाईदै आएको छ । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष २०८०/२०८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबै भन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मुल्याङ्कन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को सु–अवसरमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ ।
यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मानहरु पाईसकेको छ । गत पौषमा पनि संस्थागत तर्फ गत आर्थिक वर्ष २०८०/८१ मा सबै भन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको थियो ।
एनसेलले स्थापनाकालदेखि गत आ.व. २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरुमा रु ३४० अर्ब भन्दा बढी कर तथा शुल्कहरु तिरेको छ । गत आ.व.मा मात्रै कम्पनीले रु २०.३० अर्ब कर तथा शुल्कहरु सरकारलाई बुझाएको थियो।
त्यसैगरी, एनसेल फाउन्डेसनमार्फत कम्पनीले आफ्नो सीएसआर अन्तर्गत रु २ अर्ब भन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तर सम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको विज्ञप्तीमार्फत जनाएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE