बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त

काठमाडौं : शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलन २६ दिनमा झडपमा बदलिएको छ ।

नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो । यसअघि शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए ।

उनीहरूले नमूनाको रूपमा सञ्चालन गर्दै आएको आन्दोलन २६ औँ दिनमा झडपको स्थितिमा पुगेको छ ।

आन्दोलनकैबिचमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।

प्रहरीले पानीको फोहोरा प्रहार गरेपछि प्रतिकार भएको आन्दोलनरत शिक्षकले दाबी गरेका छन् भने प्रहरीले शिक्षकहरू निषेधित क्षेत्रमा जान खोजेको आरोप लगाएको छ ।

सरकारले आफूहरूमाथि दमन गरेको शिक्षकहरूको आरोप छ ।

प्रहरीले लाठी र पानीको फोहोरा फालेपछि शिक्षकहरूले समेत ढुङ्गामुढा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

तत्काली विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।

चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेपछि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेको छैन । नयाँ शिक्षामन्त्री रघुजी पन्तले वार्तामार्फत समस्या समाधान गर्ने भनेपनि सफल हुन सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x