बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं :मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराविरुद्ध  पक्राउ पुर्जी जारी भएको छ।  फौजदारी कसुरमा काठमाडौँजिल्ला अदालतले अहिराविरुद्ध पक्राउ अनुमति जारी गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एउटा जाहेरी परेको र  उनीमाथि अनुसन्धान जारी छ।

जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । सुरुमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी छ।

जाहेरवाला पक्षको दाबी पुष्टि हुने/नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए।

अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x