शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

उडान सङ्ख्या वृद्धि गर्न र लुम्बिनीमा सिधा हवाइ उडानका लागि थाइल्याण्ड सकारात्मक

बैंकक : थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले काठमाडौँमा थाइ एयरलायन्सको उडान सङ्ख्या वृद्धि गर्न र लुम्बिनीमा सिधा हवाइ उडानका लागि थाइल्याण्ड सकारात्मक रहेको बताइन् ।

उनले नेपालमा ऊर्जा, होटेल, हवाइजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास समेत व्यक्त गरिन् ।

प्रधानमन्त्री शिनावात्राले कूटनीतिक सम्बन्ध बिस्तार भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीबाट भएको पहिलो भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै दुई देशबिचको ‘कनेक्टिभिटी’ र व्यापारिक साझेदारी बढाउने विषयमा पनि आफूहरुबिच छलफल भएको जानकारी दिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x