शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने हल्ला निराधार : उपप्रधानमन्त्री सिंह

काठमाडौं, –  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार पूर्वविशिष्ट पदधारीहरूलाई आजीवन सुविधा दिन लागेको भन्ने हल्ला आधारहीन भएको बताएका छन् ।

नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सरकारमा रहे पनि यस्तो कुनै निर्णयबारे जानकारी नभएको स्पष्ट गरे । सिंहका अनुसार अघिल्ला कुनै सरकारले यस विषयमा केही वर्कआउट गरेको हुनसक्छ, तर अहिले यसलाई उठाएर सत्तारुढ दलहरूलाई अप्ठ्यारो पार्ने प्रयास भइरहेको छ ।

उनले भने, ‘राष्ट्रपति वा प्रधानमन्त्रीको पद सम्हालिसकेका पूर्वविशिष्ट व्यक्तिहरूलाई आजीवन सुविधा दिने कुरा हल्लाको रूपमा फैलाइएको छ । हामी पनि सरकारमै छौँ, तर यस्तो कुनै निर्णयबारे जानकारी छैन । कुन सरकारले यसबारे छलफल वा तयारी गरेको थियो भन्ने थाहा छैन, तर अहिले यसलाई उछालेर अनावश्यक विवाद सिर्जना गर्न खोजिएको छ ।’

उनले भ्रमपूर्ण प्रचारप्रति सचेत रहन आग्रह गर्दै यस्ता अफवाहहरूको पछि नलाग्न सबैमा अनुरोध गरे । शुक्रबार पाल्पा कांग्रेसको कार्यक्रममा सहभागी भएका सिंह आज गुल्मी क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x