बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेपाल राष्ट्र बैंकको संयोजनमा ‘ग्लोबल मनी विक’ मनाउने तयारी

काठमाडौं, – नेपाल राष्ट्र बैंकको संयोजनमा चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइने भएकाे छ । ‘अर्गनाइजेसन अफ इकोनोमी को ओपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)को अनुरोधबमोजिम नेपाल राष्ट्र बैंकको संयोजनमा ‘ग्लोबल मनी विक २०२५’ मनाउन लागिएको हो ।

यस वर्ष १३ औँ शृङ्खलामा मनाउन लागिएको ग्लोबल मनी विक २०२५ को नारा ‘थिंक बिफोर यु फलो, विस मनी टुमोरो’ रहेको छ । यस साप्ताहिक कार्यक्रममार्फत युवाहरूमा वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै वित्तीय शिक्षा अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा केन्द्रीय बैंकले गरेकाे छ ।

ग्लोबल मनी वीक युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने साप्ताहिक अभियान हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह ओइसीडीको संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिन्छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

सप्ताहव्यापी कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहन्छ। यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला सङ्घसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुन सक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था र निकायहरूलाई ग्लोबल मनी विक भव्य रूपमा मनाउनका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरूको जानकारी उपलब्ध गराउन केन्द्रीय बैंकले आग्रह गरेको छ। राष्ट्र बैंकले यस वर्ष मनाइने ‘ग्लोबल मनी विक २०२५’ हर्षोल्लासपूर्वक देशभर मनाउने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x