एलजीले दोब्य्राउन सकिने विश्वकै पहिलो मनिटर ल्याउने
काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी एलजीले दोब्य्राउन सकिने विश्वकै पहिलो ४५ इन्चको मनिटर ल्याउने भएको छ । कम्पनीले नयाँ डब्लूओलेड (WOLED) प्रविधिमा आधारित मनिटर ल्याउने घोषणा गरेको हो ।
यसअन्तर्गत यही जनवरीमा एलजीले अल्ट्रागियर जीएक्स नाइन सिरिज अन्तर्गत कर्भ्ड प्यानल, वेब ओएस, एन्टी ग्लेयर र लो-रिफ्लेक्सन कोटिङ लगायतका फिचर भएको मनिटर सार्वजनिक गर्नेछ । यी फिचरले मनिटरलाई डेस्कमा जहाँ राखे पनि हेर्न सहज बनाउने दाबी गरिएको छ ।
यो मनिटर ४५ इन्चको छ भने रेजोलुसन फाइभकेटुके (5K2K) पिक्सेल रहेको छ । दोब्र्याउन सकिने स्क्रिन भएको मनिटरलाई एक सेकेन्डमै ९०० आर कर्भेचरमा मोड्न सकिने कम्पनीले जनाएको छ ।
२०२३ मा एलजीले ३२ इन्चको अल्ट्रागियर ओलेड मनिटर सार्वजनिक गरेको थियो । त्यही मनिटर यो नयाँ मोडेलमा पनि डुअल मोडको रूपमा रहेको छ । यसले गर्दा रेजोलुसन र रिफ्रेस रेटलाई बटन थिचेकै भरमा परिवर्तन गर्न सकिन्छ ।
यसको जीटीजी रेस्पोन्स टाइम ०.०३ मिलिसेकेन्ड रहेको छ । गेमिङका लागि मनिटर खरिद गर्न खोज्नेले यसमा अन्य मनिटरभन्दा स्मुथ गेमिङ अनुभव पाउनेछन् । यदि दोब्र्याउन सकिने मनिटर तपाईँलाई चाहिएको छैन भने एलजीसँग तपाईँका लागि अर्को विकल्प पनि छ ।त्यो हो, एलजी अल्ट्रागियर ओलेड गेमिङ मनिटर । यसको साइज पनि ४५ इन्चकै रहेको छ । यसमा २१ः९ फर्म्याट, फाइभकेटुके (5K2K) पिक्सेल रेजोलुसन र अल्ट्रा स्लिम बेजल रहेको छ । एलजीका अनुसार यस मनिटरमा डिस्प्ले पोर्ट २.१ र एचडीएमआई २.१ दिइएको छ ।
यसमा ९० वाट पावर डेलिभरीसहित यूएसबी-सी पोर्ट समावेश गरिएको छ । कम्पनीका अनुसार एए,सी फ्रिसिङ्क र एनभिदिया जी-सिङ्क जस्ता सिस्टमबाट यो सर्टिफाइड छ । सानो (र सम्भवतः सस्तो) विकल्प खोज्ने ग्राहकका लागि कम्पनीले ३९ इन्चको एलजी अल्ट्रागियर ३९ जीएक्स ९०एसए ल्याउने जनाएको छ ।
२१ः९ रेसियोको कर्भ्ड डिस्प्ले रहेको यस मनिटरमा ओलेड प्यानल रहेको छ । यी सबै मनिटर यही जनवरीमा सार्वजनिक हुने बताइएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE