बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

विश्वप्रकाशकाे प्रस्ताव संविधान संशोधन गर्दा पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने

काठमाडौं,- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिरताको लागि निर्वाचनमा पहिलो दल बन्ने पार्टीले पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अब संसद पाँच वर्षभित्र कुनै बहादुरले चाहेर पनि भंग नसक्ने बताए ।

उनले भने, ‘सर्वोच्च अदालतले जबसम्म संसदमा विकल्प रहन्छ तबसम्म विघटन हुँदैन भनेको छ । अब हामीलाई पाँच वर्ष स्थिर रहने संसद मात्रै होइन, पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहिएको छ । अबको बहस त्यहाँ हुनुपर्छ । कोही प्रधानमन्त्रीले पाँच बर्ष निरन्तर शासन गरोस् अब छलफल त्यता गर्नुपर्छ ।’

लोकतान्त्रिक पद्धतिमा एउटा पनि प्रधानमन्त्री पाँच वर्ष शासन नगरेको उनले बताए ।

शर्माले थपे, ‘चुनावमा पहिलो हुने दल प्रत्यक्षबाट प्राप्त सीट र पपुलर भोटको आधारमा निकालेको संख्याको आधारमा जो पहिलो दल जो हुन्छ उसले पाँच वर्ष शासन गर्नेछ लेख्नुपर्छ । सरकारलाई जाने अधिकार पहिलोलाई मात्रै बनाउनुपर्छ । हामी पहिलो नभए बाहिर बस्छौं ।’

अब संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x