माओको विचार र दर्शनबाट प्रेरणा लिँदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्नु अपरिहार्य : प्रचण्ड
काठमाडौं,- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्नु अपरिहार्य दायित्व भएको बताएका छन् ।
चीनको हुनान प्रान्तको साओसानमा १८९३ डिसेम्बर २६ मा माओ त्सेतुङको जन्म भएको थियो , माओको १३२ औँ जन्म जयन्तीको अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको बताएका हुन् । विगतमा सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनीतिक कदम भएको उनले स्पष्ट पारे । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनीतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ, विज्ञप्तिमा उल्लेख छ ।
WRITE COMMENTS FOR THIS ARTICLE