लामिछानेकाे सरकारी वकिलको कार्यालयमा वयान भइरहँदा रास्वपा प्रदर्शनमा

कठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रवार बिहानदेखि सरकारी वकिलको कार्यालयमा वयान दिइरहेका छन् ।
बिहीवार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछाने गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा काठमाडौंको बालाजुस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेका थिए । लगत्तै पोखरा लगिएका लामिछानेलाई काठमाडौ जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रवार बिहान वयान लिन उपस्थित गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वयानपछि पुनः पोखरा नै लगिने प्रहरीको भनाइ छ ।
सरकारी वकिलको कार्यालयमा वयान भइरहँदा रास्वपाका कार्यकर्ताहरुले भने माइतीघरमा प्रदर्शन गरिरहेका छन् । रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविको समर्थकले माइतीघरमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले ‘रवि दाइलाई रिहा गर…’ सहितका नारा लगाइरहेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE