बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विद्यार्थीका लागि ट्याबलेट वा ल्यापटप, आईटी कुन उत्तम ?

काठमाडौं,– ल्यापटप किन्नुअघि कतिपय विद्यार्थीलाई लाग्न सक्छ- टयाब किनुँ ! अनि ट्याब किन्नेबारे सोचिरहेका विद्यार्थीलाई लाग्न सक्छ- कि ल्यापटप किनुँ ?

आईटी अध्ययनरत विद्यार्थीको हकमा ल्यापटप/ट्याब जस्ता डिभाइस अनिवार्य हुन् । यी दुईमा कुन किन्ने भन्ने कुरा अध्ययनको प्रकृति, आवश्यकता, कार्य क्षमता आदिका आधारमा भर पर्ने गर्छ ।

ट्याबलेट र ल्यापटप दुवैका आ-आफ्नै फाइदा र सीमाहरू छन् । ती थाहा भएपछि कुन किन्ने भन्ने निर्णय लिनु राम्रो हुन्छ । सुरुमा यसबारे चर्चा गरौं:

ल्यापटपका फाइदा

-उच्च कम्प्युटिङ क्षमता  

आईटी विद्यार्थीहरूले प्रायः प्रोग्रामिङ, सर्भर म्यानेजमेन्ट, सफ्टवेयर डेभलपमेन्ट, डेटाबेस म्यानेजमेन्ट, ग्राफिक्स डिजाइनिङ जस्ता काम गर्नु पर्ने हुन्छ । यी कामका लागि उच्च कम्प्युटिङ पावर आवश्यक पर्छ, जुन ल्यापटपले दिन सक्छ ।

-मल्टिटास्किङ 

ल्यापटपमा एकै साथ कोडिङ, वेब ब्राउजिङ लगायतका कामहरू गर्न सकिन्छ । जुन ल्यापटप लिनुको राम्रो पक्ष हो ।

-सफ्टवेयर सपोर्ट

ल्यापटपमा फुल-फ्लेज्ड अपरेटिङ सिस्टम (जस्तै: विन्डोज, म्याकओएस, लिनक्स) हुने भएकाले भीएस कोड, एक्लिप्स, एसक्यूएल सर्भर लगायतका सफ्टवेयरहरू सहज तरिकाले चल्छन् ।

-फिजिकल कीबोर्ड र पोर्ट्स  

लामो समयसम्म टाइपिङ गर्न होस् अथवा अन्य डिभाइसमा जोड्न ल्यापटपमा हुने फिजिकल कीबोर्ड र धेरै पोर्ट्स निकै उपयोगी हुन्छन् ।

ल्यापटपका सीमितता

– अलि गह्रौं/ठूलो हुने भएकाले हातले बोकिरहन समस्या

– ब्याट्री सीमित आयू

– महङ्गो हुनु

ट्याबलेटका फाइदा

  • सहजता

ट्याबलेट हल्का र सानो आकारको हुने भएकाले कक्षा, लाइब्रेरी, क्याफे लगायतका स्थानहरूमा लैजान ल्यापटपको तुलनामा धेरै सहज हुन्छ ।

  • नोट्स लेख्ने र पढ्ने

ट्याबलेटलाई स्टाइलसले पनि चलाउन सकिन्छ । यसो हुँदा डिजिटल नोट्स लेख्न, स्केच बनाउन र पीडीएफ फाइलहरूमा मार्क गर्न सकिन्छ । यसले पढाइलाई थप प्रभावकारी बनाउन सहयोग गर्छ ।

  • लामो समयसम्म टिक्ने ब्याट्री

ल्यापटपको तुलनामा ट्याबलेटको ब्याट्री लामो समयसम्म टिक्छ । यसो हुँदा ट्याबलेट लगातार चार्ज गरिरहनु पर्दैन । अनि एक पटक चार्ज गरिसकेपछि घण्टौँसम्म चार्ज बिना प्रयोग गर्न सकिन्छ ।

  • शैक्षिक सामग्रीमा पहुँच

ट्याबलेटमार्फत भिडिओ लेक्चर हेर्न, ई-बुक्स पढ्न, अनलाइन लर्निङ एप्स (कोर्सेरा, खान एकेडेमी आदि) चलाउन अत्यन्त उपयोगी हुन्छ । पढिरहँदा पढेको जस्तो भाव आउँछ ।

  • तुलनात्मक रुपमा सस्तो

ट्याबलेटहरू ल्यापटपको तुलनामा केही सस्सा हुन्छन् । यसो हुँदा बजेट अलि कम भएको विद्यार्थीहरूका लागि यो राम्रो विकल्प हुन सक्छ ।

ट्याबका सीमितता

– प्रोग्रामिङ र कोडिङ सम्बन्धीको काम गर्न सीमित सुविधा

– फुल-फ्लेज्ड सफ्टवेयरहरू चलाउन नसकिने

– फिजिकल कीबोर्ड र पोर्टको अभाव

कसलाई कुन उपकरण उपयुक्त हुन्छ ?  

  • ल्यापटप

प्रोग्रामिङ, सफ्टवेयर डेभलपमेन्ट, ग्राफिक्स डिजाइनिङ जस्ता प्राविधिक काम बढी मात्रामा गर्नु पर्छ भने ट्याबलेट भन्दा ल्यापटप लिनु राम्रो हुन्छ ।

-ट्याबलेट  

नोट्स लेख्ने, शैक्षिक सामग्री पढ्ने, सामान्य खालका कम्प्युटिङ काम गर्ने अनि बजेट पनि कम छ भने ट्याबलेट लिनु राम्रो हुन्छ ।

थप सुझाव  

यद्यपि आईटीका विद्यार्थीहरूलाई ल्यापटप लिनु बढी फाइदा हुन्छ । किनकि शक्तिशाली डिभाइस भए प्रोग्रामिङ बाहेक अन्य क्षेत्रमा पनि काम गर्न सकिन्छ । अझ यदि बजेट पुग्छ भने स्टाइलससहितको ट्याबलेट र शक्तिशाली ल्यापटप तपाईंले दुवै किन्न सक्नुहुन्छ । यसले पढाइ र प्राविधिक काम दुवैलाई ठूलो सहयोग पुर्‍याउँछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x