रास्वपाले सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी ताेक्याे

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी ताेकेकाे छ।
बिहीबार बसेकाे केन्द्रीय निर्वाचन संयोजन समिति बैठले निर्वाचन परिचालनका लागि पार्टीका विभिन्न तहका नेताहरुलाई जिम्मेवारी ताेकेकाे हाे। केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक पार्टीका केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुली रहेका छन्।
जसअनुसार काेशी प्रदेशका लागि केन्द्रीय सदस्य तथा सांसद निशा डाँगी, मधेशका लागि केन्द्रीय सदस्य तथा सांसद डा. चन्दा कार्की, बागमतीका लागि केन्द्रीय सदस्य तथा सांसद शिशिर खनाल र गण्डकीका लागि केन्द्रीय सदस्य तथा सांसद विन्दवासिनी कांसकारलाई जिम्मेवारी ताेकिएकाे छ।
यस्तै लुम्बिनी केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीका कोषाध्यक्ष लागि लिमा अधिकारी र सुदूरपश्चिम केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएकाे छ।
पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारहरुले आजदेखि यही कार्तिक २५ गते सम्म उम्मेदवारी दर्ता गराइसक्नु पर्नेछ। प्रारम्भिक उम्मेदवारहरुको नामावली २५ गते साँझ ८ बजेसम्म प्रकाशन गरिनेछ। प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध भने २६ गते साँझ ५ बजेसम्म गर्न पाइनेछ।
केन्द्रीय निर्वाचन संयोजन समितिले उम्मेदवारसँग छलफल २७ गते गर्नेछ भने साेही दिन साँझसम्म उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन हुनेछ।
उम्मेदवारहरुकाे मतदान/निर्णय २८ गते साँझ ७ बजेसम्म हुने र नतिजा प्रकाशन २९ गते दिउँसो १ बजे हुने समितिले जनाएकाे छ।
उम्मेदवारी अनलाइन वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भरी दिन सकिने छ।
WRITE COMMENTS FOR THIS ARTICLE