शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त International Agency for the Prevention of Blindness(IAPB) को बोर्ड अफ ट्रस्टीमा निर्वाचित हनुभएको छ ।

अनलाईन मार्फत सम्पन्न मतदानको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । आईएपिबिका विश्वभरका २५० भन्दा बढि सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागि भएका थिए ।

विश्वभरीका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको आईएपिबिले अन्तराष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आईरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरू समेत आईएपिबिका सदस्य रहेका छन् ।

नेपाल नेत्रज्योति संघ बिगत एक दशकभन्दा लामो समयदेखि आईएपिबिको सदस्य रहदै आएको छ । संघ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैर नाफामुलक संस्थाको रुपमा २०३५ साल चैत्र १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।

संघ नेपालको एक मात्र यस्तो संस्था हो जसले नेपालका कुल ७७ जिल्लाहरू मध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x