शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

टिकटक माथिको प्रतिबन्ध हट्याे

काठमाडौं,– नेपालमा टिकटक माथिको प्रतिबन्ध हटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतीय सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन नेपालका सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।

सरकारले सामाजिक सद्‍भाव खल्बल्याएको लगायत कारण देखाउँदै २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । विश्वभर लोकप्रिय सो एप बनाएको चीनले नेपाललाई प्रतिबन्ध हटाउन तारन्तार आग्रह गरिरहेको थियो ।

प्रयोगकर्ता समेतको दबाब खेपिरहेको सरकारले अन्ततः गएको भदौ ६ गते मन्त्रिपरिषद्‌ बैठकबाट टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्‌को सो निर्णय कार्यान्वयन गर्नेगरी दूरसञ्‍चार नियामक प्राधिकरणले आज (शुक्रबार) अत्यन्त जरुरी सूचना जारी गर्दै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

दूरसञ्‍चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी टिकटक माथिको प्रतिबन्ध हटाउन निर्देशन दिइएको प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ ।

मन्त्रिपरिषद्‌ले प्रयोगमा लगाएको रोक हटाउने निर्णय गर्नासाथ कतिपय इन्टरनेट सर्भिस प्रोभाइडर (आइपीएस) हरूले टिकटक चलाउन दिएका थिए । तर, नेपाल टेलिकम लगायत केही दूरसञ्‍चार कम्पनीहरूले भने प्रतिबन्ध कायमै राखेका थिए ।

सरकारले प्रतिबन्ध लगाए पनि प्रयोगकर्ताहरूले भने भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को सहायताले टिकटक चलाइरहेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x