बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

दिल्ली-जनकपुरधाम रेल सेवा सञ्चालन हुने

काठमाडाैं, भारतको राजधानी नयाँदिल्लीदेखि नेपालको जनकपुरधामसम्म सिधा रेल सेवा सुरु हुने भएको छ ।

भारत सरकारको नेपाल–भारत मैत्री रेल सेवा अन्तर्गत दिल्लीदेखि सीता जन्मभूमि जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुन लागेको हो ।

यो रेल सेवा असोज ७ गतेदेखि सुरु हुने भारतीय अधिकारीले जनाएका छन् । भारत गौरव डीलक्स एसी टुरिस्ट ००४२२ नम्बरको उक्त रेल बिहान नयाँदिल्लीबाट सुरु भइ भारतको विभिन्न ठाउँ हुँदै भोलिपल्ट साँझ ५ बजे जनकपुर पुग्नेछ ।

नेपाल र भारतबीच रहेको ‘रोटी–बेटी’ सम्बन्धलाई थप प्रगाढ बनाउन भारत–नेपाल मैत्री रेल परिचालन गरिन लागिएको भारतीय अधिकारीहरूको भनाइ छ ।

रेल आउन-जान अलग–अलग मार्ग निर्धारित गरिएको छ । रेल सीताको मूलजन्म स्थल मानिएको भारतको सीताबढी हुँदै जनकपुर पुग्नेछ । सीतामढीलाई ‘टुरिस्ट हाल्ट’का रूपमा गन्तव्य तोकिएको छ । यहाँ करिब एक घण्टा विश्राम गरिनेछ ।

दिल्लीबाट चल्ने रेल मुगलसराय, पाटलिपुत्र, मुजफ्फरपुर, सीतामढ़ी, दरभंगा, जयनगर हुँदै जनकपुर पुग्नेछ । रेल जनकपुरबाट एक घण्टापछि अर्को माग् हुँदै पुनः नयाँदिल्लीतर्फ प्रंस्थान गर्नेछ ।

दरभंगाबाट जनकपुर जाने रेल डिजल इन्जन हुनेछ भने बाँकी मार्गमा बिजुलीबाट चल्नेछ ।

यसअघि असार ६ गते भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ सेवा सञ्चालन भएको थियो । नयाँदिल्लीबाट खुलेको सो रेल झण्डै पाँच सय पर्यटक बोकेर जनकपुरधाम पुगेको थियो ।

रामायण सर्किटमा सञ्चालन भएको उक्त रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलमजस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधाममा अवस्थित धार्मिक क्षेत्रलाई पहिलो पटक जोडेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x