प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
नयाँदिल्ली – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
हैदराबाद हाउसमा भएको वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हित र चासोका विषयमा छलफल भएको थियो। आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार विकास, सीमापार सम्पर्क सञ्जाल र विकास साझेदारीका विषयमा छलफल केन्द्रित रहेको थियो।
दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने र आर्थिक विकास तथा समृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा समेत छलफल भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE