एमाले राष्ट्रिय भेलाको समापन आज, लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने
काठमाडौं – नेकपा एमालेको जारी राष्ट्रिय भेला आज समापन हुँदैछ। बुधबारदेखि काठमाडौंको माइतीघर हाइटस्थित कार्की बैंक्वेटमा सुरु भएको भेलाको अन्तिम दिन आज पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम छ।
भेलामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यतालिका छ। त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्नेछन्।
तीन दिनसम्म चलेको भेलाबाट प्राप्त सुझाव, पार्टीको सांगठनिक अवस्था र आगामी राजनीतिक रणनीतिबारे छलफलपछि राष्ट्रिय भेलाको समापन गरिनेछ।
केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझावका साथै पार्टीको आगामी सांगठनिक र राजनीतिक योजनाबारे छलफल हुने उनले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE