कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा नेकपा एमालेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ ।
बैठकमा कांग्रेसले सरकारको पछिल्लो कामकारबाही, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, संविधानमाथिको हस्तक्षेपलगायत विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार रास्वपाको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । राम्रा कामको जस पार्टीले लिने तर नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरेका थिए ।
सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसले यस्ता विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका थिए । यही विषयमा कांग्रेसले आज प्रतिपक्षी दलहरूसँग छलफल गर्न लागेको हो ।


WRITE COMMENTS FOR THIS ARTICLE