सोमवार, कार्तिक १७, २०८३
Monday, November 2, 2026

कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले शपथ लिएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित एक विशेष कार्यक्रममा शपथ ग्रहण समारोह भएको हो ।

सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएका हुन् । त्यसो त सभापति थापाले यसअघि नै शपथग्रहण गरेका थिए ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले थापालाई सभापतिको शपथग्रहण गराएका थिए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन गत असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको थियो भने केन्द्रीय महाधिवेशन असोज १८ गतेबाट भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments