जय नेपाल पार्टीमा १० जना केन्द्रीय सदस्य मनोनीत
काठमाडौं – धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले १० जना केन्द्रीय सदस्यसहित विभिन्न पदमा मनोनयन गरेको छ ।
पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति, सल्लाहकार समिति, प्रदेश तहका इन्चार्ज तथा संयोजक, विभाग तथा समितिका संयोजक र जनवर्गीय संगठनका सभापति मनोनयन गरेको जानकारी गराएको हो ।
त्यस्तै, बागमती प्रदेशको इन्चार्जमा नवराज सिंखडा र संयोजकमा किरण ढुंगेललाई जिम्मेवारी दिइएको छ ।
पार्टीले विभिन्न विभाग तथा समितिको संयोजकसमेत तोकेको छ । आर्थिक स्रोत व्यवस्थापन विभागको संयोजकमा समृद्धि राणा, धर्म संस्कृति समन्वय विभागको संयोजकमा प्रभात योगी, पर्यटन विभागको संयोजकमा जिम्बा जाङबु शेपा र सांस्कृतिक कला विभागको संयोजकमा खगेस रन्जितकार मनोनीत भएका छन् ।
त्यसैगरी, लघुवित्त, बैंक, सहकारी तथा मिटरब्याज पीडित उत्थान समितिको संयोजकमा होमनाथ गौतम र सञ्चार संगठन गठन तयारी समितिको संयोजकमा राधिका जोशीलाई जिम्मेवारी दिइएको छ ।
जनवर्गीय संगठनतर्फ नेपाल उत्पीडित संगठनको सभापतिमा अर्जुन नेपाली र नेपाल कबाडी संगठनको सभापतिमा वीरबहादुर गुरुङ मनोनीत भएको पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


WRITE COMMENTS FOR THIS ARTICLE