एमालेले गर्न लागेको मोटरसाइकल र्यालीलाई सरकारले दिएन अनुमति
काठमाडौं – नेकपा एमालेनिकटको युवा संघले शनिबार र्याली गर्ने तयारीबीच प्रशासनले र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको छ ।
राष्ट्रिय युवा संघ नेपालले भोलि देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै मोटरसाइकल र्याली आयोजना गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना आएको भन्दै र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रष्ट्याएका छन् ।
‘गत भाद्र २३ गतेको Gen Z आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटना हुन पुगेको प्रशासनले सम्झाएको छ ।
अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ’, प्रशासनको सूचनामा उल्लेख छ ।


WRITE COMMENTS FOR THIS ARTICLE