राति २:४५ बजे फिलाडेल्फिया रङ्गशालामा हुने अर्को खेलमा फ्रान्स र इराक भिड्ने छन् । यस्तै अन्य खेलहरूमा बिहान ५:४५ बजे नर्वे र सेनेगल तथा बिहान ८:४५ बजे जोर्डन र अल्जेरियाबीच प्रतिस्पर्धा हुनेछ ।
अर्जेन्टिना र अस्ट्रियाबीचको भिडन्त
विश्वकपको पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराएको अर्जेन्टिना अस्ट्रियाविरुद्ध पनि जित निकाल्दै लगातार दोस्रो सफलता हात पार्ने दाउमा छ । जोर्डनलाई ३–१ ले पराजित गरेको अस्ट्रिया पनि बलियो मनोबलका साथ मैदान उत्रनेछ । विगतमा खेलिएका दुई मैत्रीपूर्ण खेलमध्ये १ खेल अर्जेन्टिनाले जितेको थियो भने १ खेल बराबरीमा सकिएको थियो ।
अर्जेन्टिनाका लागि मेस्सीसँगै रोड्रिगो डी पल र जुलियन अल्भारेज मुख्य हतियार हुनेछन् । अस्ट्रियाको कप्तानी डेविड अलाबा र मार्सेल सबित्जरले सम्हाल्ने छन् ।
अस्ट्रियाको सम्भावित सुरुवाती ११: श्लेगर, म्वेने, ड्यान्सो, लियनहार्ट, पोश, सिवाल्ड, लामर, सबित्जर, बाउमगार्टनर, श्मिड, अरनाउतोविच ।
इराकसामु फ्रान्स र एम्बाप्पेको चुनौती
समूह ‘आई’ मा रहेका फ्रान्स र इराक अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक आमने-सामने हुन लागेका हुन् । फ्रान्सले पहिलो खेलमा सेनेगललाई ३–१ ले हराएको थियो भने इराक नर्वेसँग ४–१ ले पराजित भएको थियो । फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पे र गोलकिपर माइक मेग्ननको प्रदर्शन महत्त्वपूर्ण हुनेछ भने इराकका फरवार्ड अयमान हुसेन काउन्टर अट्याकमा गोल गर्ने रणनीतिमा हुनेछन् ।
फ्रान्सको सम्भावित सुरुवाती ११: मेग्नन, कुन्डे, उपामेकानो, सालिबा, हर्नान्डिज, चुआमेनी, कामाभिङ्गा, ग्रिजम्यान, डेम्बेले, बारकोला, किलियन एम्बाप्पे ।
इराकको सम्भावित सुरुवाती ११: हासिम, अली, सुलाका, अदन, अल-हज्जाज, रसिद, अमारी, इकबाल, जसिम, रेसान, अयमान हुसेन ।
हालान्डलाई रोक्ने सेनेगलको प्रयास ,जोर्डन-अल्जेरिया गर या मर
पहिलो खेलमा इराकविरुद्ध ह्याट्रिक गर्दै टोलीलाई ४–१ को जित दिलाएका नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्ड उत्कृष्ट लयमा छन् । उनी र कप्तान मार्टिन ओडेगार्डको जोडीलाई रोक्न सेनेगलका सादियो माने र निकोलस ज्याक्सनले कडा मिहिनेत गर्नुपर्नेछ । विश्वकपमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् ।
अर्को खेलमा पहिलो खेल हारिसकेका जोर्डन र अल्जेरियाका लागि जित्नै पर्ने दबाब छ । दुई अरब राष्ट्रहरू विश्वकपको इतिहासमा पहिलो पटक आमने-सामने हुन लागेका हुन्, जहाँ जोर्डनका मूसा तामरी र अल्जेरियाका रियाद महरेजमाथि टोलीको मुख्य जिम्मेवारी रहनेछ ।


WRITE COMMENTS FOR THIS ARTICLE