बुधबार, भदौ ३, २०८३
Wednesday, August 19, 2026

बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दावी पेश

हेटौंडा –  नेकपा एमालेका प्रदेश सांसद किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा आज उनले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन् । एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि बुधबार दाबी पेस गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल संयोजक रहेको नेकपा बीच यसअघि नै ३ सहमति भए अनुसार प्रदेश सरकारमा भागबन्डा भइसकेको छ । आज राप्रपाले पनि १२ सिटसहितको समर्थन जनाए पछि बहुमतसहित एमाले सांसद थापाले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन, थापाले एमाले र नेकपावाहेक सरकार बनाउनका लागि तीन सिट मात्रै आवाश्यक रहेको बेला राप्रपाले भारी बहुमत सिट उपलब्ध गराएको हो ।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। नयाँ सरकार गठन गर्नका लागप थापालाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्नेछ । तर, उनले आवश्यक भन्दा ९ सिट बढी जाेडेर दावी पेश गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x