मङ्लबार, भदौ २, २०८३
Tuesday, August 18, 2026

थापा र देउवाबीचको दुरी घटाउन डा शशांक मध्यस्थता गर्न तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दुरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्।

सोमबार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दुरी घटाउन र दुवै पक्षबीच सकारात्मक संवाद गराउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका हुन्।

उनले वर्तमानमा विवाद र असहमतिहरू देखिए पनि पार्टीका शीर्ष नेतृत्व र समूहहरू अन्ततः मिल्नुको विकल्प नरहेको र सहमतिमा पुग्ने विश्वास व्यक्त गरे।

उनले बीपी कोइराला र प्रदीप गिरिका पालामा विचार र आदर्शमा आधारित सैद्धान्तिक बहस हुने गरेको स्मरण गर्दै हालको राजनीतिमा गाली–गलौज र भाषाको स्तर गिरेको भन्दै चिन्ता व्यक्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x