राष्ट्रिय सभामा रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग
काठमाडाैं – सांसद चन्द्रबहादुर केसीले सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीप्रति लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो।
उहाँले सम्बन्धित दललाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनसमेत आग्रह गर्नुभयो।
सांसद रामकुमारी झाँक्रीले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत भइरहेको ‘डिफेमिङ’ र लाञ्छनाप्रति चिन्ता व्यक्त गर्नुभयो।
उहाँले समाजमा प्रतिष्ठित व्यक्तिलाई बाँच्नै कठिन हुने गरी चरित्र हत्या गर्ने प्रवृत्ति बढेको भन्दै यसले सामाजिक मर्यादामा समेत ह्रास ल्याइरहेको टिप्पणी गर्नुभयो।
◾ थप सामग्री : https://ehimalayatimes.com/2026/08/474254/


WRITE COMMENTS FOR THIS ARTICLE