राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, प्रदेश सरकारबारे निर्णयको तयारी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी, विभिन्न प्रदेश सरकारबारे राप्रपाको दृष्टिकोण लगायतका विषयहरूमा छलफल केन्द्रित रहेको उनले बताए।
बैठकको सुरुमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक विषयमा ब्रिफिङ गरेका छन्।
एमाले र नेकपा मिलेर प्रदेश सरकारमा नयाँ गठबन्धन बनाएपछि सरकार गठनमा राप्रपा केही प्रदेशमा निर्णायक देखिएको छ। त्यसबारेमा आजको बैठकबाट निर्णय हुने जनाइएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE