शनिबार, चैत्र ७, २०८२
Saturday, March 21, 2026

निर्वाचनअघि पार्टीमा विशेष महाधिवेशन गर्न हुँदैन – देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनअघि पार्टीमा विशेष महाधिवेशन गर्न नहुने बताएका छन्।

आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत बताएका छन्।

मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू १५ औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए।

‘निर्वाचनको अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’

देउवाले १५ औँ महाधिवेशनमा विधानत: आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरूलाई प्रोत्साहन मात्र गर्ने बताए।

विशेष महाधिवेशन भने नहुने उनले बताए। ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन। नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x