बुधबार, साउन २०, २०८३
Wednesday, August 5, 2026

देवानगञ्जमा फेरि तनाव, प्रहरी परिचालन

काठमाण्डाैं– सुनसरीको देवानगञ्ज घटनामा घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएपछि मंगलबार स्थानीय क्षेत्रमा तनाव भएको छ।

गत साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा घाइते भएका देवानगञ्ज–३ निवासी २१ वर्षीय रबिन्द्र मेहताको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएपछि स्थनीयले इनरुवा–कप्तानगञ्जका भित्री सडकखण्डमा ढुंगा तथा मुढा राखेर सडक अवरुद्ध गरेका छन्।

युवकको मृत्यु भएको खबर फैलिएपछि मंगलबार दिउँसो करिब १ः१५ बजेदेखि करिब २०० जना स्थानीय हिन्दु समुदायका व्यक्तिहरू भेला भई सडक अवरुद्ध गरेका हुन्।

स्थिति तनावपूर्ण बनेसँगै बजार क्षेत्रमा आंशिक रूपमा खुलेका पसलहरू समेत पूर्ण रूपमा बन्द भएका छन्। गाउँका विभिन्न टोलमा स्थानीयहरू समूह बनाएर बसेको प्रहरीले जनाएको छ।

सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण, सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालको कमाण्डमा ६४ जना तथा नेपाल प्रहरीका प्रहरी निरीक्षक रामप्रसाद दाहालको कमाण्डमा ३४ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्।

प्रहरीले अवस्था नियन्त्रणमा रहेको जनाएको छ भने स्थानीयसँग समन्वय गरी शान्ति–सुरक्षा कायम राख्ने प्रयास भइरहेको बताएको छ।

हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा ४ जनाको मृत्यु भएको छ । त्यसपछी आक्रोश बनेका स्थानीयले मधेशभरी प्रदर्शन गरेका थिए भने अधिकांश स्थानमा कर्फयु लगाइएको थियो ।

घाइते भएका देवानगञ्ज–३ का मेहताको उपचारका क्रममा मंगलबार बिहान काठमाण्डुस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो।

उनी प्रारम्भिक उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएका थिए। थप उपचारका लागि साउन १५ गते शिक्षण अस्पताल, काठमाण्डु लगिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x