परिस्थिति जटिल बन्नुमा वामपन्थी शक्तिको भूमिका पनि जिम्मेवार छ : मोहनविक्रम सिंह
काठमाडौं – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालका वामपन्थीहरूको गैरजिम्मेवारपूर्ण भूमिकाका कारण नै आजको जटिल राजनीतिक अवस्था उत्पन्न भएको त होइन भनेर सबै वामपन्थीहरूले विचार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री सिंहले यस्तो बताएका हुन् ।
‘आज देशमा जुन अवाञ्छित प्रकारको स्थिति तयार भएको छ, त्यसका पछाडि वामपन्थी शक्तिहरूको भूमिका पनि धेरै जिम्मेवार छ’, सिंहले भने, ‘जनताको विश्वासलाई सही प्रकारले प्रयोग गर्न कति सफल भए ? यसबारे सबैले आत्मालोचना गर्नुपर्छ, आ–आफ्नो चरित्र वा कार्यशैलीमा पनि परिवर्तन गर्न जरुरी छ ।’


WRITE COMMENTS FOR THIS ARTICLE