बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजसंस्था र हिन्दु राष्ट्रलाई विदेशीको इसारामा एम्बुसमा पारियाे – कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रूपमा रहेको राजसंस्था र हिन्दु राष्ट्रलाई विदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन् । शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपाली जनताको अभिमत बिना विदेशी शक्तिको प्रभाव र प्रायोजनमा जबरजस्ती लादिएको एजेन्डाले मुलुकको हित गर्न नसकिने दाबी गरे ।

सङ्घीयता नेपाली जनताले बुझ्दै नबुझेको भन्दै सङ्घीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे । २०६२/०६३ को परिवर्तनको समयमा आफूले धेरै नजिकबाट विदेशी दबाब र प्रभावलाई देखेको भोगेको थापाको दाबी थियो ।  मुलुकमा अहिले राजनीतिको नाममा सिद्धान्तच्युत , भ्रष्ट , नौटङ्गी, ठगहरू हाबी भएको भन्दै थापाले मुलुकलाई स्वाधीन र समृद्ध बनाउने हो भने राप्रपा नेपालले लिएको विचारधाराबाट मुलुकलाई अघि बढाउनु पर्नेमा उनको जोड थियो ।

मुलुकलाई बचाउन र बनाउन अब सम्वर्द्धनवादको मार्ग बाहेक अरू विकल्प नभएको भन्दै थापाले राप्रपा नेपाललाई मुलुकको वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा आफू अझै उच्च मनोबल सहित क्रियाशील भएको उनको धारणा थियो ।

डा. बालकृष्ण दाहाल, डा।सुदर्शन सुबेदी, अर्थविद् प्रकाश थापा, कृषि विज्ञ अश्विन आचार्य, विष्णु तिवारी लगायत विभिन्न महत्त्वपूर्ण व्यक्तिहरूलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x