बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

रास्वपाले प्रजातन्त्रमाथि खेलबाड गर्ने ‘म्याण्डेट’ पाएको छैनः गगन थापा

पोखरा– कांग्रेस सभापति गगन थापाले प्रजातन्त्रलाई तलमाथि गर्न खोजिए काँग्रेसले लड्ने बताएका छन् ।

आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्रलाई तलमाथि गर्न खोजिए काँग्रेसलाई स्वीकार्य नहुने बताए ।

प्रजातन्त्रमाथि षड्यन्त्र भए काँग्रेसले संसदभित्र र बाहिरबाट लड्ने चेतावनी उनको थियो । सभापति थापाले संविधान र व्यवस्था बचाउन लड्ने ताकत आफूहरुसँग रहेको दाबी गरे ।

‘प्रजातन्त्र तलमाथि हुने कुरा नेपाली कांग्रेसलाई स्वीकार्य हुन्न । त्यसका लागि हामी सदनमा, सडकमा जहाँ–जहाँ लड्नुपर्ने हो, लड्नुपर्ने ठाउँमा लड्छौं’, थापाले भने, ‘ त्यति तागत र क्षमता हामी राख्छौं । हामी कांग्रेस हौं । यो संविधानलाई दुर्घटनामा पर्न दिँदैनौं ।’

फरक प्रसंगमा थापाले रास्वपाले ५ वर्ष सरकार चलाउने जनादेश पाएकाले सरकारसँग अनावश्यक पूर्वाग्रह वा दुश्मनी राखेर काम नगर्ने स्पष्ट गरे ।

उनले रास्वपाको आन्तरिक विवादमा आफूलाई चासो नभएको भन्दै पाँच वर्ष सरकार चलाउन आग्रह गरे ।

‘रास्वपाभित्र के हुन्छ हाम्रो चासोको विषय होइन,’ थापाले भने, ‘सरकार ५ वर्ष चलाउनुस् तर, प्रजातन्त्रलाई तलमाथि गर्न पाउनुहुन्न ।’

उनले रास्वपाले सरकार चलाउने म्याण्डेट पाएको भए पनि प्रजातन्त्र र विधिको शासनमाथि खेलवाड गर्न नपाउने स्पष्ट गरे । यदि त्यसो गर्न खोजिए काँग्रेसले रोक्ने चेतावनी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x