बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

आज पुराना प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना आमने सामने हुँदै

काठमाडौं – फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज राति फुटबलका दुई पुराना प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै छन्। नेपाली समयअनुसार बिहीबार बिहान १२:४५ बजे अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा हुने यो खेललाई विश्वकपकै सबैभन्दा प्रतीक्षित भिडन्तमध्ये एक मानिएको छ। विजेता टोलीले उपाधिका लागि स्पेनसँग फाइनल खेल्नेछ।

इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा केवल फुटबलमा सीमित छैन, यो इतिहास, प्रतिष्ठा र भावनासँग जोडिएको प्रतिद्वन्द्वीता पनि हो। विश्वकपमा यी दुई टोली पाँच पटक आमनेसामने हुँदा इंग्ल्यान्डले तीन खेल जितेको छ भने अर्जेन्टिनाले एक खेल आफ्नो पक्षमा पारेको छ। सन् १९९८ को रोमाञ्चक भेटमा निर्धारित समय २–२ को बराबरीमा सकिएपछि अर्जेन्टिनाले टाई ब्रेकरमा जित निकालेको थियो। पछिल्लो पटक सन् २००२ को विश्वकपमा डेभिड बेकह्यामको पेनाल्टी गोलमार्फत इंग्ल्यान्ड १–० ले विजयी भएको थियो।

यस पटकको सेमिफाइनलमा अर्जेन्टिनाको आशा कप्तान लियोनेल मेस्सीमाथि टिकेको छ, जसले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अन्तिम चारसम्म पुर्‍याएका छन्। अर्कोतर्फ, कप्तान ह्यारी केनको नेतृत्वमा रहेको इंग्ल्यान्ड पनि करिब ६ दशकपछि विश्वकपको फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ।

दुवै टोलीले यस प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका कारण आजको खेलमा कुनै पनि टोलीलाई स्पष्ट रूपमा बलियो भन्न कठिन छ। विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबिच हुने यो भिडन्तमा इतिहास दोहोरिने कि नयाँ इतिहास लेखिने भन्ने प्रतीक्षा विश्वभरका फुटबल समर्थकले गरिरहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x