आइतवार, असार २८, २०८३
Sunday, July 12, 2026

सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण हुने

काठमाण्डाैं – सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र राहदानी विभागबाट अन्तिम चरणमा पुगेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमवारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गर्न लागको जानकारी दिए ।

केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भएपनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उनले बताए ।

छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ ।

जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरु भएको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए । ‘जो जहाँ बसेको भएपनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको छ’, उनले भने ।

छापिएका राहदानी छिटोभन्दा छिटो सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x