आइतवार, असार २८, २०८३
Sunday, July 12, 2026

गणेश नेपालीको निधनले जवालधारा शोकमा

मुगु – काठमाडौंको त्रिपुरेश्वरमा जरिबाना तिर्ने विषयमा भएको विवादपछि आत्मदाह गरि मृत्युमा पुगेका मुगुको सोरु गाउँपालिका–१, जवालधारा निवासी २५ वर्षीय गणेश नेपालीको निधनको खबरसँगै जन्मगाउँ सोरु गाउँ पालिकाको जवालधारा शोकमा डुबेको छ।

गणेशको निधनको खबर गाउँ पुग्नासाथ जवालधारामा शोकको वातावरण छाएको स्थानीय ज्वारि शाहीले बताए। उनका अनुसार गाउँका अधिकांश बासिन्दा स्तब्ध छन् भने ५ जना परिवारको आशाको दियो ढलेको छ । एक मेहनती तथा संघर्षशील युवाको असामयिक निधनले सबै नेपाली विशेष र मजदुरि गरि खानेबर्गलाई मर्माहत बनाएको छ।

आर्थिक अभावसँग संघर्ष गर्दै हुर्किएका गणेश जीविकोपार्जनका लागि काठमाडौंमा मोटरसाइकल पठाओ चालकका रूपमा काम गर्दै आएका थिए। गाउँमा रोजगारीको अवसर नहुँदा उनले श्रीमती यकमाया र दुई साना सन्तानलाई भक्तपुरमा राखेर परिवारको गुजारा चलाइरहेका थिए।

उनको निधनसँगै परिवारको भविष्य अन्योलमा परेको छ। मृतकका बुबा चिने नेपाली र आमा रिउली नेपाली भने अहिले हुम्लाको अदानचुली गाउँपालिकास्थित मकै गाउँमा अर्काको जग्गा अधियाँमा कमाएर जीविकोपार्जन गर्दै आएका छन्। उनका जेठा दाइ, भाउजू तथा भतिजा–भतिजी काठमाडौंमै बस्छन्।

सोरु गाउँपालिका–१ का वडाध्यक्ष धनकर्ण मल्लका अनुसार गणेशको मृत्युले गाउँभरि गहिरो पीडा छाएको छ। ‘गाउँमा रोजगारी नहुँदा बाध्य भएर बाहिर गई संघर्ष गरिरहेका युवाको यस्तो दुःखद् अन्त्य हुनु अत्यन्त पीडादायी हो। अहिले उनकी श्रीमती, दुई साना बालबालिका र वृद्ध बाबुआमाको अवस्था सम्झँदा गाउँ नै भावविह्वल बनेको छ,’ उनले भने।

झन् हृदयविदारक पक्ष त के छ भने, आत्मदाह गर्नुभन्दा एक दिनअघि मात्र गणेशले आफ्ना बाबुआमासँग फोनमा कुरा गरेका थिए। उनले काठमाडौंमा सबै सकुशल रहेको जानकारी दिँदै बाबुआमालाई धेरै दुःख नगर्न आग्रह गरेका थिए।

‘हामी सबै काठमाडौंमै छौं। तपाईंहरू दुईजना मात्र गाउँमा हुनुहुन्छ। अरूको अधियाँमा यति धेरै दुःख नगर्नुस्। सकिन्छ भने त्यो काम छोडिदिनुस्। सक्नुहुन्छ भने जत्रो भए पनि आफ्नै खेतबारीमा खेती गर्नुस्। अब हाम्रो कमाइ राम्रो भयो भने हामी दाजुभाइ मिलेर तपाईंहरूलाई काठमाडौं ल्याउँछौं,’ गणेशले बाबुआमालाई सम्झाएको छिमेकी सुुग्या नेेपालिले बताए।
एक दिनअघि मात्र फोन गरेर ‘अब धेरै दुःख गर्नु पर्दैन, छिट्टै काठमाडौं ल्याउँछु’ भन्दै आश्वासन दिएका छोराको भोलिपल्टै मृत्युको खबर सुन्नुपर्दा वृद्ध बाबुआमाको संसार नै उज्याडिएको छ।

हुम्लाको अदानचुली गाउँपालिका–३, मकै गाउँमा रहेका उनीहरू छोराको निधनको पीडाले विक्षिप्त बनेका छन्। छोराको सम्झनामा बारम्बार बेहोस हुने उनीहरूलाई आफन्त र गाउँलेले सम्हाल्नसमेत मुस्किल परेको स्थानीयले बताएका छन्। अन्तिम पटक छोराको अनुहार हेर्न उनीहरू शुक्रबार नै हुम्लाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्।

गणेश नेपालीको निधनले उनको परिवारलाई मात्र होइन, संघर्ष गरेर जीवन अघि बढाइरहेका हजारौं युवाको पीडा र बाध्यताको कठोर यथार्थलाई पनि उजागर गरेको छ। रोजगारीको खोजीमा गाउँ छोड्न बाध्य भएका युवामध्येका एक गणेशको जीवन दुःखद् रूपमा अन्त्य भएपछि जवालधारा गाउँ अहिले गहिरो शोकमा छ। भने परिवारजन काठमाडौमा परिवारको कुशल अभिभावक गिरिवलेे आत्मदाह सँगै मृत्युुको पिडाले बेहोसि र भावबिहल अबस्थामा तडपियको छ ।

मुगु जिल्ला र देशका श्रमजिबि बर्ग मृतक गणेशका परिवालाई उचित क्षेतिपपूर्ति सहित गणेशलाई सहिद घोषणाको माग राखि २ दिन देखि माग पूरा नहुन्जेल अनिश्चित सडक आन्दोलनमा छन् । गणेश लाई आत्म दाह गर्ने बाध्य पार्ने सरकार बिरुद्ध मुगु सदरमुकाम गमगढि , प्रदेश राजधानी सुर्खेत र संघिय राजधानी काठमाडौ र सडक हुँदै सदन सम्म गणेश नेपाली को न्ययकोलागि सरकनर बिरुद्ध प्रर्दशन भईरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x