सोमवार, असार ८, २०८३
Monday, June 22, 2026

सवारी दर्ता आंशिक रुपमा खुला

काठमाडाैं – पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि बन्द गरेको सार्वजनिक सवारी दर्ता आंशिक रुपमा खुलाएको छ।

एलसी खोलेर प्रक्रिया अघि बढेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारी दर्ता खुल्ला गर्ने निर्णय भएको विभागका निर्देशक मणिराम भूसालले जानकारी दिए। यसका लागि विभागले सातै प्रदेश र स्थानीय तहलाई सोमबार परिपत्र जारी गरेको छ।

विभागको परिपत्रमा भनिएको छ, ‘२०८३ जेठ ८ गतेसम्म प्रतितपत्र (एलसी) खोली सार्वजनिक सवारी साधनहरू ल्याउन तथा दर्ता प्रक्रिया

अघि बढाई सकेका सवारी साधनका आयातकर्ता कम्पनीलाई सम्बन्धित कागजातहरू पेश गर्न लगाई मिति २०८३ जेठ ८ गते वा सो भन्दा अघि नै प्रतित पत्र (एलसी) खोलिसकी प्रक्रिया अघि बढिसकेका साथै नेपाल भित्रिइसकेका सार्वजनिक सवारी साधनहरूको कागजात हेरी सोही अनुरूप देखिएमा ती

सार्वजनिक सवारी साधनहरू दर्ता गर्न कुनै बाधा नपर्ने बेहोरा निर्णय अनुसार अनुरोध छ।’

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजा

वतमा चरम कठिनाइ भएको भन्दै विभागले गत वैशाख ७ गते सार्वजनिक यातायात दर्ता रोक्का गर्न सातै प्रदेश र स्थानीय सरकारलाई पत्राचार गरेको थियो।

त्यसपछि केही समयका लागि सार्वजनिक यातायात दर्ता रोकिएको थियो। तर बागमती प्रदेशले भने संघ सरकारको निर्णयको अवज्ञा गर्दै सार्वजनिक सवारी दर्ता खोल्ने निर्णय गरिसकेको छ। बागमती प्रदेशले जेठ १९ गते आफ्ना मातहतका कार्यालयलाई सार्वजनिक सवारी दर्ता जारी राख्न निर्देशन दिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x