नागरिक समाजको नियमित रक्तदान कार्यक्रम नेपाल ल क्याम्पसमा सम्पन्न
काठमाडाैं – सामाजिक रुपान्तरणकालागि नागरिक समाजले नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रम यसपटक स्वतन्त्र बिद्यार्थी यूनियन नेपाल ल क्याम्पस तथा काठमाडौं महानगर पालिकासंगको सहकार्यमा सम्पन्न भएको छ ।
जुन १४ विश्व रक्तदाता दिवस पनि हो । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरूको कदर स्वरूप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
२३ औं पटक रक्तदान गरेका संस्थाका अध्यक्ष यामबहादुर जि.सी. ले रक्तदान गर्न पाउनु अवसर हो । स्वास्थ्य, उमेर आदि विभिन्न परिस्थितिले साथ दिए मात्र रक्तदान गर्न पाइने भन्दै विगतका वर्षहरूमा नागरिक समाजले विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएकोमा यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउने बताए ।

‘रक्तदान, जीवनदान ’अर्थात हामीले आफ्नो शरीरको रक्तदान गर्दा अरु कसैले जीवनदान पाउँछन् । मृत्युको संकट टर्छ । नयाँ जीवन पाउँछन् । यसर्थ हामीले रक्तदान दिएपछि त्यसले अरु कुनै पीडित व्यक्तिको उपकार हुन्छ
तर, हामीलाई के भ्रम हुनसक्छ भने रक्तदान दिनु भएको अरुको हितको काम गर्नु हो । रक्तदान दिइरहँदा अरुलाई त त्यसबाट लाभ मिल्न सक्छ नै, आफुलाई पनि । रगत दान दिनु भनेको हामीले कुनै हानी–नोक्सानी व्यहोर्नु हुँदै होइन । यसले हाम्रो शरीरलाई हित गर्छ । भन्ने सन्देश प्रवाह गरिएको उक्त कार्यक्रममा मानव अधिकारकर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, कानून ब्यवसायी, बिद्यार्थी लगायत अन्य ब्यक्तिहरुद्वारा रक्तदान गरिएको थियो ।

साँस्कृतिक रुपान्तरणको माध्यमबाट समाजमा परिर्वतन ल्याउन सकिन्छ सामाजिक रुपान्तरणकालागि नागरिक समाजले बिपन्न बिद्यार्थीहरुलाई छात्रबृत्ति, स्थापनाकालदेखि हालसम्म ३००भन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री ह्विल चियर, लत्ताकपडा, खाद्यान्न बितरण तथा बिपत ब्यवस्थापनमा राहत बितरण, कोभिड महामारीमा ५००० बढी श्रमिकलाई राहत वितरण गदै मानविय कार्य गर्दै केही नहुनेको लागि हामी छौ भन्दै आएको छ । साथै राष्ट्र र राष्ट्रियतामा उल्लेख्य योगदान पु¥याउँदै आएका राज्यवाट पछाडी परेका मूर्धन्य ब्यक्तित्वहरुलाई मानार्थ सदस्यता, आजीवन सदस्यता, सकृय सदस्यता, साधारण सदस्यता बिशेष नागरिक सम्मान, बिशेष नागरिक पुरस्कार र बिशेष नागरिक अवार्डवाट सम्मानित गर्दै आई रहेको जानकारी समेत गर्दै आईरहेको छ ।
विश्व रक्तदाता दिवसको अवसर पारेर नागरिक समाजले यो कार्यक्रमको आयोजना गरेको हो ।


WRITE COMMENTS FOR THIS ARTICLE