सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान
काडमाडाै – सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीतबीमालेखको नवीकरण गर्दा लाग्ने विलम्बशुल्कमा शतप्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।विभिन्न कारणले समयमै बीमाशुल्कभुक्तानीगर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।
यस पुनर्जागरण अभियान ज्येष्ठ ११ गते देखी ३१ गते सम्मलागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्रब्याज छुटको सुबिधाप्रदानगरिने संस्थाले जनाएको छ । सामान्यअवस्थामाबीमालेख ब्यतीत रहँदाबिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्तविलम्बशुल्कपनिभुक्तानीगर्नुपर्ने हुन्छ ।
संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमाभने बिलम्बशुल्कमा छुटको सेवा सुबिधालिई व्यतितबीमालेख नबिकरण गरि मौकाको फाईदा लिनकम्पनीले अनुरोध गरेको छ ।हरेक नेपालीलाई बिमाको दायरा भित्रल्याई बिमित र बिमितसँगआश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागिजीवनबिमाअनिवार्य रहेको छ। ग्राहकले संस्थाको देशैभरि रहेका १६८ शाखाकार्यालयहरूबाट वाअनलाइनभुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागीहुन सक्नेछन् ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवाविस्तार, दाबीप्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीनविश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्यजीवनबीमाकम्पनीका रूपमा स्थापितगर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवाप्रदानगर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमाकार्यरत रहेका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE