सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

एसियन गेम्स खेल्ने नेपाली टोलीकाे घोषणा

काठमाडौं –  नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।

प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम, नन्दन यादव र शेर मल्ल पनि रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x