सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु

काठमाडौं –  नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले सुदूरपश्चिम केन्द्रित प्रदेशस्तरीय भेला सुरु गरेको छ ।

धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिएको कार्यक्रममा पार्टीभित्र एकता सुदृढीकरण तथा संगठन पुनर्जागरणलाई मुख्य विषय बनाइएको जनाइएको छ । भेलास्थलमा ‘नेपाली काँग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ उल्लेख गरिएको ब्यानर राखिएको छ ।

कार्यक्रममा रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत तथा केदार कार्की लगायत काँग्रेसका नेताहरूको उपस्थिति रहेको छ । भेलामा पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x